
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको विरोध गर्नेहरु नै अहिले सरकारमा सहभागि हुन मरिहत्ते गरिरहेको आरोप लगाएका छन् ।
उनले एमसीसी पारित गर्नुहुँदैन भनेर उधुम मच्चाउने नेताहरुको बोली फेरिएको उनको भनाई छ ।
‘एमसीसी एउटा ठगी खाने भाँडो हो। त्यो गर्ने मान्छेहरूले नै एउटा मौकामा त्यो गर्नु हुँदैन भनेर उधुम मच्चाएका थिए,’ उनले भने, ‘कार्यदल बनाए। एमसीसी राष्ट्रघात हो पनि भने। तर, अब सरकारमा जाने चलखेल सुरु हुँदैछ।’
उनले एमसीसीलाई राष्ट्रघात भन्नेहरु अहिले यसको पक्षमा बोल्न थालेको बताए।
उनले एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति कडा टिप्पणि गरे ।
‘त्यसैले धेरैको बोली पनि फेरिँदै छ। सबैभन्दा बढी एमसीसीको विरोधमा नारा लगाउने झलनाथ खनालजीले अहिले अब तुरुन्तै एमसीसी पास हुन्छ भनेर भाषण गरिसक्नुभयो। यो सबै स्वार्थको खेल हो,’ उनले भने ।
तत्कालीन सत्तारुढ दल नेकपाभित्र एमसीसीका बारेमा विवाद हुँदा संसदबाट अगाडि बढ्न सकेको छैन ।
प्रधानमन्त्री ओली संसदबाट एमसीसी पारित गराउन चाहन्छन् ।
प्रतिक्रिया