
काठमाडौँ : कोभिड-१९ को उच्च जोखिम रहेका बेला पनि बढिरहेको रेमिट्यान्स पछिल्ला महिनामा भने घट्न थालेको छ ।
नेपालमा रेमिट्यान्स आउने प्रमुख राष्ट्र कोभिडबाट प्रभावित भएको समयमा नघटेको रेमिट्यान्स अवस्था सामान्य हुँदा भने घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
स्वदेश तथा विदेशमा आर्थिक गतिविधिमा तीव्र सुधार भएका तथ्यांक सार्वजनिक भइरहेका छन् ।
यस्तो अवस्थामा पनि रेमिट्यान्स बढ्नुको साटो घट्नुले हुन्डीलगायत नेपालमा पैसा भित्रिने गैरकानुनी माध्यम सक्रिय भएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया