
काठमाडौंः नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ । कार्यकर्ता भेला आज र भोली दुई दिन सञ्चालन हुने जनाइएको छ ।
भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता बिष्णु रिजालले जानकारी दिए ।
भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरु लगाएत सहभागी हुने जनाइएको छ ।
कार्यकर्ता भेला रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
त्यस्तै महासचिव इश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै भेलामा सहभागि नहुन कार्यकर्तालाई निर्देशन दिनुका साथै सहभागि हुनेलाई कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
तर नेपाल पक्षले भेला रोक्न गरेको निर्देशन अस्वीकार गर्दै अध्यक्ष ओलीलाई नै कार्यक्रममा आउन निम्तो गरेको हो ।
मंगलबार भेलाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल समूहका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेलाको प्रमुख अतिथि बन्न आग्रह गरेका हो ।
प्रतिक्रिया