
काठमाडां : मस्तिष्कघात भएर उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको स्वास्थ्य गम्भीर बनेको छ ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ अस्पतालले आज बिहान सात बजे प्रेस नोट जारी गर्दै जोशीको अवस्था गम्भीर रहेको जनाएको हो ।
‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस नेता जोशीको फागुन १४ गते मष्तिष्कघात भएपछि नर्भिक भर्ना गरिएको थियो ।
केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि जोशीलाई भेन्टिलेटरको सहयोगबिना नै राखिएको थियो ।
एक्कासी स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो ।
अहिले पनि जोशीलाई भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया