
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले भोलि र पर्सी झलनाथ खनाल र माधव नेपाल पक्षले आयोजना गरेको भेलामा जानेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै ४ र ५ चैतमा एमालेले कुनै पनि राष्ट्रिय भेला आयोजना नगरेको भन्दै गुटगत भेला नगर्न र नगराउन अनुरोध गरेका छन्।
खनाल-नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय भेला आयोजना गरेको छ। यसको जानकारी दिन आज पत्रकारसम्मेलनसमेत गरेको थियो।
यस्तो अवस्थामा केपी शर्मा ओली पक्षले सबै नेता कार्यकर्तालाई यस्ता भेलामा सहभागी नहुन निर्देशन दिएको हो।
पार्टी महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै कसैले त्यस्ता भेलामा बोलाएको भए त्यस्ता अनुशानसनहीन गुठगत भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
त्यस्तै, उनले यस्ता भेलामा सहमागी भए संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीअनुसार कारबाही हुने चेतावनी पनि दिएका छन्।
प्रतिक्रिया