
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको बचाउ गरेकी छन् ।
उनले ताजा जनादेशमा जानु लोकतान्त्रिक भएको जीकिर गरेकी हुन् ।
आज राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले संसद विघटनको विरोध गरेका थिए ।
प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने सरकारको कदमको प्रतिरक्षा गरेका थिए ।
सोही क्रममा राष्ट्रपति भण्डारीले निर्वाचनमा जाने कुरा अलोकतान्त्रिक नहुने बताएकी हुन् ।
बैठकमा सहभागि कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रपतिको आशय ताजा जनादेशमा जाने प्रधानमन्त्री ओलीको कदमको बचाउमा थियो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न राष्ट्रपतिले आज शितल निवासमा सर्वदलीय बैठक बोलाएकी हुन् ।
राष्ट्रपति भण्डारीले सरकारले गरेको सिफरिस स्वीकृत गर्नु आफ्नो संवैधानिक दायित्व भएको उल्लेख गरेकी थिइन् ।
सर्वदलीय बैठकमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागि थिए । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागि भएनन् ।
प्रतिक्रिया