आइतबार, माघ ९ २०७८

हेलिकप्टर दुर्घटनामा भारतका रक्षा प्रमुख रावतको निधन

हेलिकप्टर दुर्घटनामा भारतका रक्षा प्रमुख रावतको निधन


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाण्डाैँ । तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका भारतीय रक्षाप्रमुख जनरल बिपिन रावतकाे निधन भएकाे छ । तमिलनाडुमा भएकाे हेलिकप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नी मधुलिकाकाे निधन भएकाे हाे ।

घना जंगलमा भएको यस दुर्घटनापश्चात आगो लागेको थियो। भारतीय वायु सेनाले ट्वीट गर्दै यसकाे जानकारी दिएकाे हाे । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाकाे ज्यान गएकाे हाे । रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसाे नै बिपिन रावतकाे घर पुगेर उनका परिवारसँग भेट गरेका थिए ।

जनरल रावत सन् २०२० काे जनवरी १ मा देशकाे पहिलाे चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थिए । याे हेलिकप्टर दुर्घटनाकाे कारण पत्ता लगाउनका लागि जाँचकाे आदेश दिइएकाे वायु सेनाले जनाएकाे छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट