आइतबार, माघ ९ २०७८

कांग्रेस संस्थापन इतरले आज पनि सकेन साझा उम्मेदवार छान्न

कांग्रेस संस्थापन इतरले आज पनि सकेन साझा उम्मेदवार छान्न


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडौं । साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ।

बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार चयन गर्न नसकेको हो।

अब भोलि सभापतिका आकांक्षी बाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुन: आकाक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला साझा उम्मेदवार चयनका लागि लचिलो हुन तयार भएपनि शेखर कोइराला र प्रकाशमान अडानबाट पछि नहट्दा समस्या भएको बैठकपछि नेता घिमिरेले बताए।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट