आइतबार, माघ ९ २०७८

कांग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन्छन् उपसभापति गच्छदार ?

कांग्रेस महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन्छन् उपसभापति गच्छदार ?


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले उपसभापति पदमा उम्मेदवारी दिने इच्छा देखाएका छन्।

बुढानिलकण्डमा बुधबार बसेको संस्थापन पक्षको बैठकमा गच्छदारले यस्ताे इच्छा देखाएका हुन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष शेरबहादुर देउवासँग उनले आफ्नो उम्मेदवारीबारे जानकारी गराएका हुन्।

‘म उचित स्थानमा आउन चाहन्छु। तपाईँहरु सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ,’ सभापति देउवासँग उनले आग्रह गरेका थिए। त्यसअघि प्रधानमन्त्री देउवाले कुन कुन पदमा क-कसले उम्मेदवारी दिने भन्ने जिज्ञासा राखेका थिए।

गच्छदारको उचित स्थान भनेको उनी उपसभापतिमै दोहोरिनु हो। उनी निकट नेताहरुका अनुसार गच्छदारले उपसभासतिमा उम्मेदवारी दिनेछन्। उनका निकट कार्यकर्ताहरुले भोटका लागि लबिङसमेत गरिरहेका छने।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट