आइतबार, माघ ९ २०७८

कतिमा मुलुकमा फैलियाे काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट ?

कतिमा मुलुकमा फैलियाे काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट ?


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडौं । चीनबाट सुरु भएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा फैलिएकाे पुष्टि गरेकाे छ।

बुधबार डब्ल्यूएचओले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारी दिएको हो । ओमिक्रोन फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट