आइतबार, माघ ९ २०७८

ओमिक्रोन भेरियन्ट पुष्टि भएका दुवै जना संक्रमणमुक्त

ओमिक्रोन भेरियन्ट पुष्टि भएका दुवै जना संक्रमणमुक्त


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

काठमाडाैं : ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् ।

मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम पहिलोपटक गत २४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट