
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले आयोजना गर्ने गुटगत भेलामा सहभागि नहुन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज बालुवाटारमा एमाले केन्द्रीय सदस्यलाई आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाल समूहको भेलामा नजान कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘सुन्दैछु, भोलि भेला आयोजना गरेको छ रे ! नेकपा एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता वा कायकर्ता गुटगत भेला नगर्न नगराउन, त्यस्ता भेलामा सरिक नहुन, त्यस्ता भेलामा नजान म सम्पूर्ण नेता कार्यकर्तालाई सचेत गर्न चाहन्छु,’ ओलीले भने, ‘पार्टी एकताको पक्षमा बस्न आग्रह गर्दछु। त्यस्ता गुटगत भेलामा सरिक नहुन तमाम कार्यकतालाई आग्रह गर्न चाहन्छु।’
प्रतिक्रिया