आइतबार, माघ ९ २०७८

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको अवस्था गम्भीर

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख रावतको अवस्था गम्भीर


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

एजेन्सी । तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका भारतीय रक्षाप्रमुख विपिन रावतको अवस्था चिन्ताजनक बताइएको छ। उनलाई अहिले अस्पताल भर्ना गरिएको छ।

भारतीय सेनाको एमआई-१७भी५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको थियो। घना जंगलमा भएको यस दुर्घटनापश्चात आगो लागेको थियो। उक्त हेलिकप्टरमा रक्षाप्रमुख जनरल बिपिन रावत, उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए।

समाचार अनुसार अहिलेसम्म ११ जनाको शव भेटिएको छ। ती शव अधिकांश जलेका छन्। दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्गटनको सैनिक अस्पतालमा लगिएको छ।

केही विवरणमा जनरल रावत गम्भीर रुपमा घाइते रहेको बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाको जानकारी लिएका छन्। रक्षा मन्त्री राजनाथ सिंह दुर्घटनापछि तत्कालै संसद पुगेका छन्। त्यहाँबाट उनी कुन्नूर जाँदैछन्।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट