आइतबार, माघ ९ २०७८

विक्कीसँग विवाह गर्न लागेकी कट्रिना कैफ कति वर्ष जेठी ?

विक्कीसँग विवाह गर्न लागेकी कट्रिना कैफ कति वर्ष जेठी ?

यी अभिनेत्रीहरू पनि आफूभन्दा कान्छोसँग विवाह गरेकी छिन्


Nepal Manch
मंसिर २२ २०७८, बुधबार

एजेन्सी । बलिउडमा यतिबेला विवाह धूमधामका साथ मनाइँदैछ । एकातिर धेरै सेलिब्रेटी जोडी विवाह बन्धनमा बाँधिएका छन् भने कोही छिट्टै बाँधिन लागेका छन् । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल पनि पछिल्लो समय चर्चामा छन् । यो जोडीले आफ्नो सम्बन्धलाई अगाडि बढाउँदै डिसेम्बर ९ मा एकअर्कासँग विवाह गर्दैछन् ।

कट्रिना र विक्कीले आफ्नो भव्य विवाह समारोहका लागि विभिन्न व्यवस्था गरेका छन् । यसका साथै विवाह गोप्य राख्ने सम्बन्धमा पनि धेरै किसिमका नियम र प्रतिबन्ध लगाइएको छ । बलिउड सेलिब्रेटीहरुको यो जोडीलाई मानिसहरुले निकै रुचाएका छन् ।

विक्की र कट्रिना कुनै पनि फिल्ममासँगै काम नगरी कसरी एकअर्काको यति नजिक पुगे भन्ने कुरा जान्न सबैलाई उत्सुकता छ । विक्की कट्रिनाभन्दा कान्छो भएको चर्चा पनि छ । दुवैको उमेरमा ५ वर्षको अन्तर छ । तर, कट्रिना इन्डस्ट्रीको पहिलो अभिनेत्री भने होइनन्, जो कान्छो बेहुलाको बेहुली बन्न लागेकी छन् ।

आफुभन्दा कान्छो बेहुलाको बेहुली बनेका बलिउडका केही अभिनेत्रीहरु

नर्गिस- सुनील दत्त 

बलिउडकी चर्चित अभिनेत्री नरगिसले आफूभन्दा एक वर्ष कान्छा सुपरस्टार सुनील दत्तसँग विवाह गरेकी थिइन् । सन् १९५७ मा फिल्म ‘मदर इन्डिया’ को सेटमा आगलागी हुँदा सुनीलले नरगिसलाई बचाएपछि उनीहरुको प्रेम सुरु भएको थियो ।

प्रियंका चोपड़ा- निक जोनस 

चर्चित जोडी प्रियंका चोपडा र निक जोनसको जोडीलाई स्वदेशमा मात्रै होइन विदेशमा पनि निकै रुचाइएको छ । तर, यो आइडल जोडीको उमेरमा करिब १० वर्षको अन्तर छ । यही कारण यी दुईको सम्बन्ध सुरुदेखि नै ट्रोल हुँदै आएको छ । तर प्रियंका र निक दुवै खुसी छन् ।

अमृता सिंह- सैफ अली खान

आफ्नो समयकी चर्चित अभिनेत्री अमृता सिंहले पनि आफूभन्दा १२ वर्ष कान्छा सैफ अली खानसँग विवाह गरेकी थिइन् ।तर, लामो समयसँगै बसेपछि दुवै छुट्टिएका थिए ।

 ऐश्वर्या राय-अभिषेक बच्चन

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या रायले सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी थिइन् । तर, कमैलाई थाहा छ ऐश्वर्या अभिषेकभन्दा २ वर्ष जेठी छिन् । तर, यो उमेरको अन्तरपछि पनि दुवैले यो सम्बन्धलाई निकै समझदारीपूर्वक सम्हालिरहेका छन् ।

बिपाशा बसु- करन सिंह ग्रोवर

चर्चित अभिनेत्री बिपाशा बसु आफ्ना पति करण सिंह ग्रोवरभन्दा ४ वर्ष जेठी छिन् । यति मात्र होइन, उमेरको यो भिन्नताका कारण करणकी आमा पनि यो विवाहका लागि तयार थिइनन् । तर पनि करणले बिपाशासँग विवाह गरे र अहिले दुवैले यो सम्बन्धलाई निकै समझदारीपूर्वक सम्हालिरहेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट