
नेकपा एमालेभित्रको विवाद पार्टी विभाजनको जोखिमसम्म पुग्ने आकलन भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई आज चियापान आयोजना गरेका छन् ।
उनले केन्द्रीय सदस्यलाई चियापानका लागि बालुवाटारमा निम्तो गरेका हुन् ।
ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले वरिष्ठ नेता माधव नेपाल पक्षधर नेतालाई पनि एसएमएस मार्फत चियापानका लागि निमन्त्रणा गरिसकेका छन् ।
‘सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूले पार्टी केन्द्रीय कमिटीको १२ औं बैठकको सन्दर्भमा आयोजना गर्नुभएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुुरोध छ,’ भण्डारीले पठाएको एसएमएसमा भनिएको छ ।
चियापानका लागि मंगलबार बिहान ११ उपस्थित हुन भनिएको छ । चियापानमा नेपाल पक्ष भने सहभागि नहुने भएको छ ।
तर ओलीसँग असन्तुष्ट रहँदै आएको नेपाल समूहले चियापान बहिस्कार गर्ने निर्णय गरेको हो ।
नेपाल समूहको सोमबार बसेको नेताहरुको बैठकले चियापानमा नजाने निर्णय गरेको नेता योगेशकुमार भट्टराईले जानकारी दिए ।
आजै ओली समूह र नेपाल समूहबीच पार्टीभित्रको विवाद मिलाउन वार्ता भएको थियो । तर वार्ताले कुनै निकास भने दिन सकेन ।
प्रतिक्रिया