आइतबार, माघ ९ २०७८

नाङ्गै भएर अभिनेत्रीले ७ वर्षका छोरासँग फाेटाे खिचेपछि जेल चलान

नाङ्गै भएर अभिनेत्रीले ७ वर्षका छोरासँग फाेटाे खिचेपछि जेल चलान


Nepal Manch
मंसिर २१ २०७८, मंगलबार

काठमाडौं। नाङ्गै भएर ७ वर्षका छोरासँग फाेटाे खिचेकी अभिनेत्रीलाई जेल चलान गरिएकाे छ । आफ्ना ७ वर्षका छोरासँग खिचेको तस्वीरका कारण अभिनेत्री अकुआपेम पोलोलाई ९० दिनको जेल सजाय सुनाइएको हाे ।

पश्चिम अफ्रिकी देश घानाकी यी अभिनेत्रीलाई रोजमंड ब्राउनको नामले समेत चिनिन्छ । उनले जून २०२० मा आफ्ना छोराको जन्मदिनमा छोरासँग नग्न फोटो खिचाएकी थिइन् । फोटोमा उनी पूरै नग्न र उनका छोरा अर्धनग्न अवस्थामा थिए। फोटो सामाजिक संजालमा भाइरल भएको थियो ।

द सनमा प्रकाशित एक रिपोर्टअनुसार यो मामिलामा रोजमंडको अपिल अदालतले खारेज गरिदिएको छ । अब उनी ९० दिन जेलमा बस्नुपर्नेछ । अप्रिलमा पनि यो मामिलामा सुनुवाइ भएको थियो र रोजमंडलाई ९० दिनको जेल सजाय सुनाइएको थियो । तर, रोजमंडले यसविरुद्ध अपिल दायर गरेकी थिइन् जसलाई अहिले अदालतले रद्द गरिदिएको छ ।

३१ वर्षकी रोजमंड सिंगल मदर हुन् । उनको नग्न तस्वीर सार्वजनिक भएपछि बबाल भएको थियो । उनी यो तस्वीरमा नग्न थिइन् भने उनका छोराले केवल शर्टस लगाएका थिए । न्यायाधीशले यो मामिलामा सुनुवाइ गर्दै यसलाई एक तरिकाको घरेलु हिंसा भनेका थिए । न्यायाधीशले यो फोटोले बच्चाको गरिमामा ठेस पुर्याएको बताएका थिए ।

न्यायाधीश क्रिस्टिना केनले सामाजिक संजालमा नग्न तस्वीर पोस्ट गर्ने संस्कृति चिन्ताजनक भएको बताएकी थिइन् । न्यायाधीशले भनेकी थिइन् ‘के यी महिलाले आफ्नो बच्चासँग यसरी तस्वीर पोस्ट गर्नुभन्दा पहिले सोधेकी थिइन् ? के उनले आफ्नो छोराको गोपनीयताको सम्मान गरिन् । प्रस्ट छ, उनले यस्तो गरिनन् ।’

 


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट