आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँमा मौसम सफा

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज केही पहाडी भूभागमा आंशिक बदलीय भएपनि अन्य ठाउँमा भने मौसम सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार देशमा स्थानीय वायूसँगै पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो पहाडी भूभागका एक दुई स्थानमा भने मेघगर्जन चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि एक दुई ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

TOP