
काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको चियापान कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागि नहुने भएको छ ।
अध्यक्ष ओलीले भोली मंगलबार एमालेका सबै केन्द्रीय सदस्यहरुलाई बोलाएर चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वाेच्च अदालतको फैसलापछि साविककै नेकपा एमाले ब्यूतिएपछि ओलीले पार्टीमा सौहार्दता बढाउन चियापान आयोजना गरेको बताइएको छ ।
तर ओलीसँग असन्तुष्ट रहँदै आएको नेपाल समूहले चियापान बहिस्कार गर्ने निर्णय गरेको हो ।
नेपाल समूहको आज बसेको नेताहरुको बैठकले चियापानमा नजाने निर्णय गरेको नेता योगेशकुमार भट्टराईले जानकारी दिए ।
आजै ओली समूह र नेपाल समूहबीच पार्टीभित्रको विवाद मिलाउन वार्ता भएको थियो । तर वार्ताले कुनै निकास भने दिन सकेन ।
प्रतिक्रिया