आइतबार, माघ ९ २०७८

दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले लकडाउनबारे खाेल्याे मुख

दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले लकडाउनबारे खाेल्याे मुख


Nepal Manch
मंसिर २० २०७८, सोमबार

काठमाडौं : नेपालमा तत्काल लकडाउनको सम्भावना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त गरेका छन्। तर तत्काल लकडाउन हुने सम्भावना नरहेको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए। लकडाउनलाई लिएर हाल सरकारले कुनै पनि निर्णय नगरेको उनले बताए।

अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ।

एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमूनाहरुको संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको उनले बताए।

नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको उनले बताए। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट