आइतबार, माघ ९ २०७८

कोरोनाको भ्याक्सिन बनाउने वैज्ञानिकहरुको चेतावनी : आउँदै गरेको महामारी झनै घातक!

कोरोनाको भ्याक्सिन बनाउने वैज्ञानिकहरुको चेतावनी : आउँदै गरेको महामारी झनै घातक!


Nepal Manch
मंसिर २० २०७८, सोमबार

एजेन्सी । अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिन निर्माताले भविष्यमा हुने महामारी वर्तमान कोरोना संकटभन्दा बढी घातक हुने बताएका छन् ।

प्रोफेसर डेम साराह गिल्बर्टले ४४औं रिचर्ड डिम्बलबी लेक्चरमा भने,’महामारीको तयारीका लागि थप कोष आवश्यक छ ताकि तिनीहरूको प्रकोप रोक्न सकियाेस्।’

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमा खोपको प्रभाव कम हुन सक्ने चेतावनी समेत दिए । गिल्बर्टले भने, ‘जबसम्म यो नयाँ भेरियन्टको बारेमा थप जानकारी आउँदैन, मानिसहरूले पनि सावधानी अपनाउन आवश्यक छ।’

उनले थप्दै भने, “भाइरसले हाम्रो जीवन र जीविकोपार्जनलाई खतरामा पारेको यो अन्तिम पटक होइन। सत्य यो की, अर्को महामारी अझ पिडादायी हुनसक्छ। थप संक्रामक र अधिक घातक दुवै हुनसक्छ।’

‘ओमिक्रोनमा एन्टिबडीको प्रभाव कम हुन सक्छ’

ओमिक्रोन भेरियन्टको बारेमा कुरा गर्दै उनले भने, ‘यसको स्पाइक प्रोटिनमा म्युटेसन हुन्छ जसले भाइरसको संक्रमण बढाउने काम गर्छ।’

उनले थप्दै भने, ‘यो भेरियन्ट अलि फरक छ जसले गर्दा खोपले उत्पादन गरेको एन्टिबडी वा अर्को भेरियन्टको संक्रमणबाट उत्पादन भएको एन्टिबडीले ओमिक्रोनको संक्रमण रोक्न कम प्रभावकारी हुन सक्छ।, जबसम्म हामी यो नयाँ भेरियेन्टको बारेमा थप जान्दैनौं, हामी सतर्क रहनुपर्छ र यसको संक्रमण कम गर्ने प्रयास गर्नुपर्छ।’

‘ओमिक्रोन भेरियेन्ट डेल्टा भन्दा भयावह हुन सक्छ’

शनिबार, बेलायती सरकारले घोषणा गर्‍यो कि अब बेलायत जाने सबै यात्रुहरूले प्रस्थान गर्नु अघि कोभिड परीक्षण गर्नु पर्नेछ। ओमिक्रोन भाइरसको प्रकोपपछि बेलायतले दक्षिण अफ्रिका लगायत केही अफ्रिकी देशहरूकाे यात्रामा प्रतिबन्ध लगाएको छ र अब नाइजेरिया पनि यो सूचीमा परेको छ।

मङ्गलबारदेखि १२ वर्ष वा सोभन्दा माथिका यात्रुले यात्रा गर्नुभन्दा ४८ घण्टा अगाडि नेगेटिभ आरटी–पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । तर सरकारका एक सल्लाहकार वैज्ञानिकले भने, ‘सरकारले यात्राको नियम परिवर्तन गर्न धेरै समय लगायो, अब अवस्था नियन्त्रण बाहिर गएको छ।’

त्यस्तै प्रोफेसर मार्क वूलहाउसले भनेका छन् ‘युकेमा ओमिक्रोन भेरियन्टहरूको सम्भावित लहरलाई रोक्नको लागि नयाँ यात्रा नियमहरू धेरै ढिलो लागू गरिएको छ।’


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट