संसदलाई विजिनेसविहीन बनाएर सरकार गैरजिम्मेवार बन्न खोज्दैछ : खाँण

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले संसदलाई सरकारले विजिनेसविहीन बनाउन खोजेको आरोप लगाएका छन् ।

संसदलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै खाँणले वर्तमान सरकार भने संसदलाई विजिनेसविहीन बनाउन चाहेको दावी गरे ।

सोमबार संसद्को कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि सञ्‍चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘सरकारको व्यवहार हेर्दा संसद्लाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउन नखोजिरहेको प्रष्ट हुन्छ ।’

उनले थपे, संसदलाई विजिनेस दिने काम त सरकारको हो नि, तर उ संसदलाई भूमिकाविहीन बनाउन चाहिरहेको छ ।’

मंगलबार प्रतिनिधिसभा बैठक बस्दैछ । सोमबार साँझसम्म बैठकमा प्रस्तुत गर्ने कुनै कार्यक्रम सरकारका तर्फबाट नआएको संसद सचिवालयले जनाएको छ ।

प्रमुख सचेतक खाणले सरकारले जारी गरेका अध्यादेशलाई विधेयककै रूपमा संसदमा अगाडि बढाउनु पर्ने बताए ।

‘ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर छैन,’ उनले भने ।

प्रतिक्रिया

TOP