आइतबार, माघ ९ २०७८

मुम्बई एयरपोर्टबाट बलिउड अभिनेत्री ज्याक्लिन पक्राउ

मुम्बई एयरपोर्टबाट बलिउड अभिनेत्री ज्याक्लिन पक्राउ


Nepal Manch
मंसिर २० २०७८, सोमबार

एजेन्सी : बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज पक्राउ परेकी छिन् । दुबई जान लागेकी उनलाई मुम्बई एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको हो ।

ज्याक्लिन पछिल्लो समय २ सय करोड ठगीको मुद्दामा मुछिएकी थिइन् । सोही मुद्दामा भारतको प्रवर्तन निर्देशालयले उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसै मुद्दामा अनुसन्धान चलिरहेकाले ज्याक्लिनलाई विदेश जान रोक लगाइएको भारतीय मिडियामा उल्लेख छ । यस मुद्दामा ज्याक्लिन मात्र होइन, सुकेश चन्द्रशेखर र उनकी पत्नी लिना मारिया पनि जोडिएका छन् ।

इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले गरेको अनुसन्धानमा चन्द्रशेखरसँग ज्याक्लिनले आर्थिक लेनदेन गरेको खुलेको छ । चन्द्रशेखरले ज्याक्लिनलाई धेरै उपहारहरू दिएका छन् । महँगो कारदेखि घोडासम्म ज्याक्लिनलाई उपहार दिएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट