ओलीसँगको वार्ताबारे आफूपक्षीय नेताहरुलाई नेपालको ब्रिफिङ

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको वार्ताबारे आफूपक्षीय नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा करिव तीन घण्टा ओलीसहितका नेताहरुसँग नेपाल पक्षले छलफल गरेको थियो ।

दुई समूहबीचको वार्ता सकिएलगत्तै नेपालले नयाँ बानेश्वरमा रहेको अर्याल होटलमा आफ्ना समूहका नेताहरुलाई ब्रिफिङ गरेका हुन् ।

पार्टीभित्रको अन्तरविवाद सल्टाउन बसेको वार्ता निष्कर्शविहीन सकिएको थियो ।

दुबै पक्षले वार्तालाई सकारात्मक पहल भनेका छन् ।

तर एमाले अध्यक्ष ओलीले फागुन २८ गते गरेका निर्णयहरु खारेज हुनुपर्ने शर्त नेपाल समूहले राखेको छ ।

ओलीले आफूनिकट केन्द्रीय सदस्यहरु बोलाएर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्नुका साथै पार्टी पदाधिकारी खारेज गरेका थिए ।

नेपाल पक्षले ओलीको उक्त निर्णय खारेज हुनुपर्ने माग राखेको छ ।

ओलीको निर्णय अवज्ञा गर्दै नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ ।

त्यस्तै चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ । अध्यक्ष ओलीले राष्ट्रिय भेला रोक्न भनेका छ् ।

प्रतिक्रिया

TOP