पिकअप दुर्घटनामा चालकको मृत्यु

ईलाम : ईलाममा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका ३ रुङसुङमा आज बिहान ११ बजे पिकअप दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक रेसम बहादुर रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मे१ज १२४१ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिव २० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाईते भएका ४३ वर्षीय चालक रायलाई उपचारका लागि फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ ।

प्रतिक्रिया

TOP