कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय, सर्वाेच्चको फैसलाको पुनरावलोकनमा जाने

काठमाडौं :आइतबारदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

माओवादीले सत्तारुढ दल नेकपा एमाले इतरका दलहरुसँग छलफल गर्न केन्द्रीय समिति बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

नेता नारायणकाजी श्रेष्ठ प्रकाशले माओवादीले कांग्रेस र जसपासँग छलफल गर्ने बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा २० नेताहरुले बोलेका छन् ।

सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता प्रकाशले बताए ।

प्रतिक्रिया

TOP