
काठमाडौं : सरकारले इच्छुक निजी क्षेत्रलाई कोभिड-१९ विरुद्धको खोप आयातका लागि आवदेन पेश गर्न आग्रह गरेको छ।
औषधि व्यवस्था विभागले आइतबार सूचना जारी गर्दै कोरोना खोप आयात गर्न चाहने निजी क्षेत्रलाई सात दिनभित्र आवदेन दिन भनेको छ ।
विभागले कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।
सूचना अनुसार उत्पादक कम्पनी/आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालालाई औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा तोकिएका कागजातसहित आवदेनका लागि आह्वान गरिएको छ ।
‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण सहित अन्तिम मूल्य खुलाई प्रति खेपमा आपूर्ति गर्न सकिने परिणाम र सो को लागि लाग्ने समयको प्रक्षेपण समेत उल्लेख गरि दर्ता/आयात अनुमतिका लागि शिघ्र आवेदन दिन अनुरोध छ’ सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया