
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको वार्ता जारी छ ।
पार्टी कार्यालय धुम्बाराही बिहान साढे ११ बजेदेखि जारी वार्ता पार्टीभित्र देखिएको विवादको समाधान खोज्न केन्द्रीत रहेको नेताहरुले बताएका छन् ।
वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी छन् । त्यस्तै
नेपालपक्षबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त वार्तामा सहभागि छन् ।
ओलीसँग वार्ता गर्नुअघि नेपालले आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए ।
सर्वोच्च अदालतको फैसलापछि साविकै एमालेमा फर्किएका ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको छ ।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए।
त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।
नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।
प्रतिक्रिया