प्रधानमन्त्री ओली धुम्बाराहीमा, माधव नेपालपक्षसँग वार्ता सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।

बरिष्ठ नेता माधवकुमार नेपाल पनि पार्टी कार्यालय पुगेका छन् ।

आज ओली र पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता हुँदैछ । अहिले बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ।

वार्ताका लागि दुबै पक्षका नेताहरु धुम्बाराही पुगेका छन् ।

वार्तामा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

नेपालपक्षबाट बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल र घनश्याम भुसालसहितका नेताहरु सहभागी भएका छन् ।

पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

ओलीसँग वार्ता गर्नुअघि नेपालले आफूपक्षीय नेताहरुसँग छलफल गरेका छन् ।

सर्वाेच्च अदालतको फैसलापछि साविकै एमालेमा फर्किएका ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको छ ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।

नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।

प्रतिक्रिया

TOP