एमाले नेताहरु धुम्बाराहीमा जुट्दै, ओली र नेपाल पक्षबीच वार्ताको तयारी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज वार्ता हुँदैछ ।

अहिले बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता हुँदैछ। वार्ताका लागि दुबै पक्षका नेताहरु धुम्बाराही पुग्दैछन् ।

प्रधानमन्त्री ओली धुम्बाराही जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

वार्तामा सहभागि हुन महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली धुम्बाराही पुगिसकेका छन् ।

त्यस्तै बरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट पनि पार्टी कार्यालय पुगेका छन् ।

ओलीसँग वार्ता गर्नुअघि नेपालले आफूपक्षीय नेताहरुसँग छलफल गरेका छन् ।

प्रतिक्रिया

TOP