
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
सर्वाेच्च अदालतको फैसलापछि साविकै एमालेमा फर्किएका ओली र नेपालबीच पहिलो पटक भेटवार्ता भएको छ ।
स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ।
एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।
नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।
प्रतिक्रिया