
लन्डन : क्रेग डसनले आत्मघाती गोल गरेपछि म्यानचेस्टर युनाइटेडले आइतबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई १-० ले हराएको छ ।
यो जितसँगै टोलीले लिग तालिकाको दोस्रो स्थानमा आफ्नो पकड पनि बलियो बनाएको छ ।
हारपछि वेस्ट ह्यामको भने शीर्ष चारको सम्भावना कमजोर भएको छ । म्यानचेस्टरको ५७ अंक भएको छ भने वेस्ट ह्याम ४८ अंकसाथ पाँचौं स्थानमा रह्यो ।
आइतबारको आइतबारको उत्तरी लन्डन डर्बीमा आर्सनलले टोटनहामलाई २-१ ले हरायो ।
आर्सनलले एक गोलले पछाडि रहेको स्थितिबाट जित निकालेको हो । उसका लागि एलेक्जान्डर लेकाजेटले विजयी गोल गरे ।
यस हारले टोटनहमको शीर्ष चारको सम्भावना पनि कमजोर भएको छ ।
यस्तै लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई ५-० ले पन्छायो । ब्राइटनले साउथह्याम्पटनमाथि २-१ को जित निकाल्यो ।
प्रतिक्रिया