सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान रोनाल्डोको नाममा, पेलेले दिए बधाई

मिलान : औपचारिक खेलमा सबैभन्दा बढी गोल गरेको आफ्नो कीर्तिमान उछिनेकोमा पेलेले सोमबार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् ।

रोनाल्डोको ह्याट्रिकमा इटालीको सिरी ‘ए’ मा युभेन्टसले कागलिरीलाई ३-१ ले हराएको हो ।

खेलको सुरुआती ३२ मिनेटभित्र तीन गोल गरेका रोनाल्डोको अहिलेसम्मको खेल–जीवनमा गोल–संख्या ७ सय ७० पुगेको छ ।

पेलेले ७ सय ६७ गोल गरेका छन् । यसै क्रममा पेलेले इन्स्ट्राग्रामबाट बधाई दिएका हुन् ।

यसअघि लउटारो मार्टिनेजले खेलको अन्त्यतिर गरेको गोलमा इन्टर मिलानले टुरिनोलाई २-१ ले हराउँदै शीर्ष स्थानमा नौ अंकको अग्रता खोल्यो । इन्टरको यो लिगमा लगातार आठौं जित हो ।

रामेलु लुकाकुको गोलमा इन्टरले सुरुआती अग्रता लिएपछि एन्टोनियो सानब्राएले टुरिनोका लागि बराबरी गोल फर्काएका थिए । एसी मिलान नेपोलीसँग १-० ले पराजित भएपछि इन्टर अझ मजबुत भएको हो ।

लिग तालिकामा इन्टरको ६५ अंक भएको छ भने त्यसपछि मिलान ५६ अंकसाथ दोस्रो स्थानमा छ । त्यस्तै युभेन्टस ५५ अंकसाथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

TOP