
काठमाडौं : कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।
नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको र पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया