
काठमाडौं : नाम दर्ता प्रमाण पत्रको दुरुपयोग रोक्न फार्मेसी पसलको धनी र व्यवसायी एउटै व्यक्ति हुनुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।
आइतबार डिप्लोमा इन फार्मेसी स्टुडेन्ट्स एसोसिएसन अफ नेपाल (डिप्सान) ले फार्मेसी पसलको धनी र व्यवसायी एकै हुनुपर्ने माग गर्दै औषधि व्यवस्था विभागलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
डिप्सानले नाम दर्ता प्रमाण पत्रको दुरुपयोग बढ्दो क्रममा रहेको उल्लेख गर्दै अनधिकृत व्यक्तिबाट हुने औषधिको बिक्रि वितरण रोक्न विभागले तत्काल निर्णय गर्नुपर्ने ध्यानाकर्षण पत्र उल्लेख छ ।
विभागले तत्काल कुनै पहल नगरे आदोलनमा उत्रने डिप्सानले चेतावनी दिएको छ ।
डिप्सानले तीन बुँदे माग अघि सारेको छ ।
पसल अनुगमन निरीक्षण नियमित एवं पारदर्शी बनाउनुपर्ने, जुन व्यसायीको निवेदनको आधारमा फार्मेसी दर्ता गरिन्छ, उसैको निवेदनको आधारमा फर्म, फार्मेसी खारेजको व्यवस्था गर्नुपर्ने डिप्सान माग गरेको छ ।

प्रतिक्रिया