खोप लगाउन आउनेलाई सल्लाह-सुझाव दिन स्वास्थ्यकर्मीलाई आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका बारेमा उचित परामर्श दिन खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोपका बारेमा पर्याप्त परामर्श नपाएको गुनासो आएको भन्दै स्वास्थ्यकर्मीलाई आवश्यक परामर्श दिन आग्रह गरेको हो ।

उनले भने, ‘स्वास्थ्यकर्मीहरुले उति सल्लाहसुझाव नदिएको, खोप लगाएपछि आउने सामान्य समस्या समस्याको बारेमा जानकारी नदिएको, खोप लगाइसकेपछि आधा घण्टा आराम गर्ने कुराको समेत जानकरी नदिएको र दोस्रो डोज कहिले लगाउने भन्ने विषयम उचित जानकारी नदिएको भन्ने गुनासा मन्त्रालयमा आएको छ ।’

उनले खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउन आउने व्यक्तिलाई उचित परामर्श दिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया

TOP