माओवादी बैठकमा नेताहरुको बोली : सर्वाेच्चको फैसलाले हामीलाई घाटा भयो

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले नेकपा खारेज गर्ने सर्वाेच्च अदालतको फैसलाले माओवादीलाई घाटा भएको टिप्पणि गरेका छन् ।

सर्वाेच्चले साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसलापछि माओवादी केन्द्रका नेताहरु एमालेमा जाँदा पार्टीलाई क्षति पुगेको उनीहरुको धारणा छ।

माओवादीबाट निर्वाचित संघ र प्रदेशका सांसदहरु एमालेमा गएका हुन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले २३ जना माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

माओवादीबाट मन्त्री बनेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा, मणी थापा एमालेमै रहने निष्कर्शमा पुगेका छन् ।

माओवादी केन्द्रका प्रभावशाली नेताहरु एमालेमै रहनु पार्टीका लागि क्षति भएको माओवादी केन्द्रका नेताहरुको भनाई छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।

प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।

बैठक भोली ११ बजे बस्ने गरी स्थगित भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

TOP