
सिराहाको जिल्ला मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी घाइते हुनेको संख्या ७ पुगेको छ ।
घाइते हुनेमा दुई कर्मचारी र पाँच जना सेवाग्राही रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो मालपोत कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको थियो ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।
गोइत समूह तराई क्षेत्रमा भूमिगत रुपमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।
https://www.facebook.com/nepalmancha/videos/124339556248615
प्रतिक्रिया