अमिर खानको आज जन्मदिन, यी हुन् अमिरका अहिलेसम्म नसुनिएका कुरा

एजेन्सीः बलिउडका मिस्टर पर्फेक्शनिस्ट अमिर खानको आज जन्मदिन हो । आजबाट उनी ५६ वर्षका भएका छन् ।

उनी साढे ३ दशक भन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा काम गर्दै आएका छन् ।

आफ्नो अभिनय र निमार्ण कार्यबाट दर्शकहरुलाई कहिले निराश गरेनन्, अमिरले ।

जन्मदिनको अवसरमा अमिरका जीवनमा नखुलेका पाटाहरु

  • अमिरको खानाको कुनै निश्चित रुटिङ छैन । उनी खानाका सौखिन हुन् । उनकी श्रीमती किरण रावलले एक कार्यक्रममा खुलासा गरेकी थिईन् कि अमिर कडा डाइटमा भएको बेलामा पनि उनी टेबमा भएका सबै खाना खान्छन् ।

-अमिर खानले अभिनेता बन्नु भन्दा पहिले फिल्म निमार्णमा हात हालेका थिए । त्यसबेला उनी १६ वर्षका मात्र थिए ।

उनले आदित्य भट्टाचार्यको साथ सायरन फिल्म पानोया बनाएका थिए ।

अभिनेता बन्नु भन्दा पहिले अमिर खान अवतार नामक थियेटरमा काम गर्थे । पछि उनलाई क्यामेरामा पनि आउनुपर्छ जस्तो लाग्यो ।

-अमिर खानले अवार्ड कार्यक्रमममा जान छोडे । यसको कारण सनी देवल थिए । सनीले फिल्म घायलबाट सर्वश्रेष्ठ अभिनेताका लागि पुरस्कार प्राप्त गरे ।

त्यसै वर्ष अमिर खान पनि चलचित्र दील अवार्डका लागि नोमिनेट भएका थिए ।

-अमिर खानलाई पार्टीमा बज्ने ठूलो आवाजको म्युजिक मन पर्दैन । त्यसैले उनी पार्टीमा जाँदैनन् ।

-स्कुलमा पढ्दा अमिर खान लङ लेनिस खेल्न मन पराउँथे । उनले राज्य स्तरको च्याम्पियनसीपमा पनि भाग लिएका थिए ।

-अमिर खानले तीन पटक राष्ट्रिय अवार्ड जितेका छन् । लगान, तारे जमिन पर र थ्री इडियटबाट अवार्ड जितेका हुन् । यनी २०३३ सालमा पद्म श्री र २०१० मा पद्यभूषणबाट पनि सम्मानीत भएका थिए ।

-अमिर खान र जुही चावलाले फिल्म कयामत से कयामत तक फिल्ममा सँगै काम गरेका थिए । उनीहरु राम्रो मित्र बन्न पुगे ।

उनीहरुले सातवटा फिल्ममा सँगै मिलेर काम गरे । पछि फिल्म इश्कको शुटिङको क्रममा एक ठट्टाका कारण उनीहरुको मित्रतामा दरार आएको थियो ।

त्यसपछि उनीहरु कुनै पनि फिल्ममा एक साथ देखिएका छैनन् । अहिले उनीहरुको सम्बन्धमा सुधार आएको छ ।

प्रतिक्रिया

TOP