सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच जना घाइते

सिराहा : सिराहाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।

आज दिउँसो कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

विस्फोटमा परी पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

विस्फोट कसले गराएको हो भन्नेबारे अहिलेसम्म कुनै पहिचान खुलेको छैन ।

प्रहरीले विस्फोटपछि आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

TOP