
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको छ ।
आजदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखिएको थियो ।
तर, सर्वोच्च अदालतले दुई पार्टीबीचको एकतालाई अस्वीकार गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।
प्रतिक्रिया