स्पेनी ला लिगा : शीर्ष स्थानमा रहेको एट्लेटिको बराबरीमा रोकियो

म्याड्रिड : स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड शनिबार गोलरहित बराबरीमा रोकिएको छ ।

उसले गेटाफेसँग बराबरी खेलेको हो । यो खेलपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ ।

छिमेकी रियल म्याड्रिडको समान खेलबाट ५७ अंक भएको छ । यसका लागि करिम बेन्जेमाले इन्जुरी समयमा गरेको गोलमा उसले एल्चेलाई २-१ ले हराएको थियो ।

एल्चेले ६१औं मिनेटमा डानी काल्भोको गोलमा अग्रता लिएपछि ७३ औं मिनेटमा बेन्जेमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन्जेमाले विजयी गोल गरे ।

प्रतिक्रिया

TOP