
लन्डन : सर्जियो एगुरोले सन् २०२० को जनवरीयता पहिलो गोल गर्दा म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा फुलहमलाई ३-० ले हराएर शीर्ष स्थानमा आफूलाई अझ बलियो बनाएको छ ।
यो जितपछि पेप ग्वार्डिओलाको सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता खोलेको छ ।
उसको ३० खेलबाट ७१ अंक भएको छ । दुई खेल कम खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५४ अंक छ ।
एगुरोले पेनाल्टीबाट गोल गर्नुअगाडि जोन स्टोन्स र ग्याब्रिएल जेससले गोल गरेका थिए ।
शनिबारका अन्य खेलमा बर्नलीले एभरटनलाई २-१ र क्रिस्टल प्यालेसले वेस्ट ब्रुमलाई १-० ले हराए ।
यसअघि लिड्स युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका थिए ।
प्रतिक्रिया