मलाई प्रधानमन्त्री बन्न कुनै हतार छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् ।

प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको प्रष्ट पारे ।

सवैको हक अधिकार स्थापित गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे ।

उनले यसअघि पनि पटकपटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।

आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै उनले भने, ‘अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको हो ।’

त्यस्तै प्रचण्डले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

TOP