आइतबार, माघ ९ २०७८

बर्दियामा दुबै क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जित्यो संस्थापन समूहले

बर्दियामा दुबै क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जित्यो संस्थापन समूहले


Nepal Manch
मंसिर १० २०७८, शुक्रबार

काठमाडौँ । बर्दियामा आज भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा संस्थापन पक्षलेले बुहमत ल्याएको छ ।

केन्द्रको प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले बर्दियखामा जिल्ला सभापति रहेको नेता रामचन्द्र पौडेल समूहलाई पराजित गरेर बहुमत ल्याएको हो ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बर्दियामा क्षेत्र नं २ मा संस्थापनको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा प्यानलै जितेको छ ।

क्षेत्र नं १ मा भने संस्थापन पक्षले क्षेत्रीय सभापतिसहित ५ महाधिवेशन प्रतिनिधि जितेको युवा नेता जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

क्षेत्र नं २ माक्षेत्रीय सभापतिमा दिपकजंग शाह निर्वाचित भएका छन् । शाहले पाँच यस ८० मत ल्याउँदा उनका प्रतिष्पर्धी रमनकुमार रेग्मीले २६४ मत ल्याए ।

महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी अरुणसिंह राठोरले ल्याएका छन् भने दोस्रोमा बढी तिमिल्सिनाले ल्याएका छन् । त्यस्तै क्षेत्र नं २ बाट गग्गाबहादुर पाण्डे, जंगबहादुर मल्ल अमानसिंह केसी, विनय रावल, तारा चौधरी, प्रतिमा चौधरीलगायतले महाधिवेशन प्रतिनिधि जितेका छन् । क्षेत्र नं १ मा संस्थापनमा मुक्तिनाथ यादवसहित ५ महाधिवेशन प्रतिनिधि संस्थापनले जितेको छ ।

क्षेत्र नं २ मा २६ र क्षेत्र नं १ मा सभापतिसहित ६ महाधिवेशन प्रतिनिधि भएपछि संस्थापनको बहुमत देखिएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट