सरकारमा सहभागि मन्त्रीलाई फिर्ता आउन माओवादीको निर्देशन

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रको आज बिहान बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको हो ।

माओवादी केन्द्रका तर्फबाट सरकारमा ७ जना मन्त्री छन् ।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर थारू र दावा लामा मन्त्री छन् ।

उनीहरुलाई मन्त्री पदबाट राजिनामा गर्न स्थायी कमिटी बैठकले निर्देशन दिएको हो ।

नेकपामा रहँदा ओलीनिकट उनीहरुले पुरानै पार्टीमा नफर्किने घोषणा गरिसकेका छन् ।

एमालेमै रहने निर्णय गरेका माओवादी केन्द्रका मन्त्रीसहित २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनित गर्नुका साथै विभिन्न जिम्मेवारी समेत दिइसकेका छन् ।

प्रतिक्रिया

TOP