बुधबार, मंसिर २२ २०७८

एकाएक बन्याे कैलाली अशान्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

एकाएक बन्याे कैलाली अशान्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


Nepal Manch
मंसिर ९ २०७८, बिहिबार

धनगढी : ट्रक दुर्घटनापछि कैलाली एकाएक अशान्त बनेकाे छ । ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र अशान्त बनेकाे हाे ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्की चौराहामा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् ।

स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भीड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्याँस प्रहार गरेको छ। तर, प्रदर्शनकारीले भने ट्रकमा आगो लगाइदिएका छन्। अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट