आज नेपाल समूहको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजेपछि नेपाल समूह रुष्ट छ ।

ओलीले नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै पार्टीको पदाधिकारी पद खारेज गरेका थिए ।

ओलीको कदमप्रति रुष्ट नेपाल समूहले आगामी रणनीति बनाउन आफूपक्षीय केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको हो ।

आज बिहान ११ बजे बैठक बस्ने जनाइएको छ ।

ओलीले गलत कदम नसच्याए पार्टी औपचारिक विभाजनमा लैजाने रणनीति बनाएको छ ।

ओलीले आफूपक्षीय केन्द्रीय समिति बैठक बोलाएर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै पदाधिकारी खारेज गरेपछि नेपाल समूह चिढिएको हो ।

ओलीको निर्णयबाट सशंकित नेपाल समूहको शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकले तलदेखि माथिसम्म समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको एक नेताले बताए ।

ति नेताका अनुसार चैत पहिलो साता सबै कमिटी समानान्तर गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै ओलीले पेलेर नै जान खोजे पार्टी औपचारिक विभाजन गर्ने रणनीति नेपाल समूहले बनाएको छ ।

प्रतिक्रिया

TOP