
काठमाडौं : करिव साढे दुई किलो युरेनियमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराए।
युरेनियम २३८ को गैर कानुनी कारोवार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो ।
रामेछाप जिल्ला लिखु तामाकोशी ५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, जिल्ला रामेछाप, लिखु तामाकोशी ५ स्थायी ठेगाना भई जिल्ला काठमाण्डौं, बौद्ध बस्ने ४० वर्षका जानुका तामाङ, रामेछाप, बागजोर नगरपालिका ४ बस्ने २० वर्षका प्रकाश चौहान र सिन्धुली, सुनकोशी ४ बस्ने २० वर्षीय मनोज न्यौपाने पक्राउ परेका हुन् ।
करिव साढे दुई किलो युरेनियमसहित चारै जनालाई काठमाण्डौं, टुसाल ६ बौद्धबाट पक्राउ गरिएको हो ।
नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो ।
बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको छ ।
उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया