बुधबार, मंसिर २२ २०७८

नेविसंघका यी तीन महामन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेविसंघका यी तीन महामन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित


Nepal Manch
मंसिर ८ २०७८, बुधबार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का तीन जना महामन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

काठमाडौंमा मनोज वैद्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ जिल्लाबाट दीपक भट्टराई निर्वाचत भएका छन् । स्याङजाबाट युवराज पाण्डे महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

भट्टराई तनहुँ क्षेत्र नं. १, वैद्य काठमाडौं क्षेत्र नं. ४ र पाण्डे स्याङ्जा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।

नेविसंघमा उनीहरूलाई तदर्थ समिति महामन्त्री मनोनीत गरिएको थियो । अब उनीहरू कांग्रेसको राजनीतिमा सक्रिय हुने भएका छन्।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट