
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम नसच्याए पार्टी औपचारिक विभाजनमा लैजाने रणनीति बनाएको छ ।
ओलीले आफूपक्षीय केन्द्रीय समिति बैठक बोलाएर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै पदाधिकारी खारेज गरेपछि नेपाल समूह चिढिएको हो ।
ओलीको निर्णयबाट सशंकित नेपाल समूहको शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकले तलदेखि माथिसम्म समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको एक नेताले बताए ।
ति नेताका अनुसार चैत पहिलो साता सबै कमिटी समानान्तर गठन गर्ने निर्णय भएको छ ।
त्यस्तै ओलीले पेलेर नै जान खोजे पार्टी औपचारिक विभाजन गर्ने रणनीति नेपाल समूहले बनाएको छ ।
नेपाल समूहले थप रणनीति बनाउन आफूनिकट केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार बस्ने बताइएको छ ।
प्रतिक्रिया